मानवसेवा आश्रमलाई रकम प्रदान

विराटनगर । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर-२ लाई सोह्र हजार दुई सय नगद रकम प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् ।

सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण भट्टराई, भूषण कोइराला, सरिता रेग्मी, सलिना कोइरालाको समेत उपस्थिति थियो ।

सो अवसरमा तीन वर्ष अघि स्थापित सो आश्रमलाई स्थानीयको सहयोग र मायाले नै यो अवस्थामा आइपुगेको संयोजक थापाले बताइन् । परिषदकी सदस्य सरिता रेग्मीले मानव सेवा आश्रमलाई रकम प्रदान गर्दा सही काम गरेको अनुभूति भइ आफूलाई भित्रैबाट आनन्द मिल्ने गरेको बताइन् ।

सो आश्रममा हाल ९० जना आश्रित छन् । सडकमा परित्यक्त र वेसहरा जीवन विताइ रहेकाहरुलाई उद्धार गरी आश्रमले उपचार गर्नका साथै उनीहरुको परिवारको खोज गरी पुनर्मिलन गराउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।