ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा टी हाउस

फुङ्लिङ, १७ वैशाख (रासस): तीर्थयात्रीको सुविधाका लागि ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा टी हाउस निर्माण गरिएको छ । समुद्र सतहदेखि तीन हजार सात सय ९४ मिटरमा अवस्थित पाथीभरा मन्दिर क्षेत्रमा टी हाउसका साथै अन्य संरचना पनि निर्माण हुँदै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

टी हाउसको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । टी हाउसका लागि तीन वटा ब्लक निर्माण गरिएको छ । पहिलो ब्लकमा टी हाउस दोस्रो ब्लकमा प्राथमिक उपचार कक्ष र तेस्रो ब्लकमा विश्राम कक्ष छ ।

टी हाउसको निर्माण जिल्लाको सिलौटी निर्माण सेवा प्रालिले गरिहेको छ । ठेकेदार कम्पनीका प्रवन्ध निर्देशक भीम सम्बाहाङफेका अनुसार मुख्य कार्य सम्पन्न भएको छ । शौचालय र वाइरिङका केही काम मात्र बाँकी रहेकामा अबको दश दिनभित्र निर्माण सम्पन्न हुन्छ ।

उहाँले भन्नुभयो,“अबको दश दिनमा सम्पूर्ण काम सकिन्छ । त्यसपछि पर्यटन मन्त्रलयलाई जिम्मा लगाउँछौँं ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाथीभरा क्षेत्र टी हाउस, प्रथामिक उपचार कक्ष र विश्राम कक्ष निर्माण गर्नका लागि रु दुई करोडकमा ठेक्का आह्वान गरेकामा ३० प्रतिश घटेर उक्त प्रालिले ठेक्का हात पारेको थियो ।
पाथीभरा मन्दिरमा दैनिकजसो हजारको सङ्ख्यामा तीर्थयात्रीले पूजापाठ गर्दै आएको उक्त समितिले जनाएको छ । पाथीभरा मन्दिर पुग्न यातायातको साधन छोडेर पाँच किलोमिटर उकालो पैदालयात्रा गर्नुपर्छ ।

सदरमुकाम फुङ्लिङदेखि सुकेटार आठ किलोमिटर कालोपत्र सडक र ११ किलोमिटर कच्ची सडक गरी १९ किलोमिटरसम्म यातायातको साधन प्रयोग गरेर काफ्ले पाटी पुगिन्छ । काफ्लेपाटीबाट बढीमा चार घण्टा पैदलयात्रापछि पाथीभरा मन्दिर पुग्न सकिन्छ । काफ्लेपाटीदेखि करिव चार घण्टा पैदलयात्रा गरेर पाथीभरा मन्दिरमा पूजापाठका लागि तीर्थयात्रीले लामो समय खाली पेट रहनुपर्दा बिरामी हुनसक्ने भएकाले पाथीभरा मन्दिर क्षेत्रमा टी हाउस, प्राथमिक उपचार कक्ष र विश्राम कक्ष निर्माणको अवधारणा अगाडि सारिएको हो ।

बढी उचाईमा मन्दिर रहेकाले तीर्थयात्रीलाई लेक लाग्नका साथै अन्य स्वास्थ समस्या देखिने भएकाले कतिपय तीर्थयात्री मन्दिर नपुगी आधाबाटो बाटै फर्कनुपर्ने भएकाले पाथीभरा मन्दिर क्षेत्रमै प्रथमिक उपचार केन्द्र स्थापना गर्न लागिएको समितिका कार्यकारी निर्देशक काफ्लेले बताउनुभयो ।यसबाट पूजापाठ सकिएका तीर्थयात्रीलाई चिया नास्ता खान र लामो समय उकालो हिँडेपछि थकित यात्रीलाई विश्राम गर्न सहज भएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।