मिनी चिडियाखानाका रूपमा विकास हुँदै इलामको भालुढुङ्गा

मङ्गलबारे, ३१ वैशाख (रासस): इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ ।

इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो । विभिन्न ओढार र हराभरा रहेको यो सामुदायिक वनमा चिडियाखानाका रुपमा विकास गर्ने सोचअनुरुप पछिल्लो पटक तीन वटा रतुवा मृग राखिएको छ ।

ओढारे भालुढुङ्गा सामुदायिक वन समूहका कोषाध्यक्ष रजिन खड्काले इलाम सवडिभिजन वन कार्यालयमा रहेका तीन रतुवा मृगलाई सामुदायिक वन समूहको संरक्षणमा राखिएको बताउनुभयो । विभिन्न क्षेत्रबाट उद्धार गरी राखिएका एक भाले र दुई पोथी रतुवा मृगलाई इलाम नगरपालिकाका पशु प्राविधिकको सहयोगमा सामुदायिक वनमा लगेर राखिएको छ । उहाँले मृग पालनका लागि इलाम नगर पर्यटन प्रवद्र्धन समितिमार्फत रु एक लाख सहयोग भएकाले तारजालीले घेरिएको जानकारी दिनुभयो । कोषाध्यक्ष खड्काले सुरेन्द्र राईमार्फत मृगको बासस्थान निर्माणका लागि फलामे रड र प्राविधिक उपलव्ध गराइएको बताउनुभयो ।

भालुढुङ्गाको नामले परीचित यो वन क्षेत्रमा निकट भविश्यमा भालुको अनुहारासमेत देख्न पाइने भएको छ । भालुपालनका लागि नगर पर्यटन प्रवद्र्धन समितिले प्रयास थालेको हो । यस्तै हाल बेण्डम जातको कुखुरा र मजक कली परेवा पनि पालिएको छ ।

मृगका लागि इलाम कृषि बिज भण्डारका पशुपति भट्टराईले मासिक ५० केजी चारो उपलब्ध गराउन थाल्नुभएको छ । इलाम सदरमुकाम छेउमै रहेको भालुढुङ्गा क्षेत्रको विकासमा स्थानीयस्तरमा गठित भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्थासमेत क्रियाशील छ । उक्त संस्थाले यो क्षेत्रलाई भविश्यमा मिनी चिडियाखानका रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने जनाएको छ । मृग, खरायो, बाँदर, स्याल, दुम्सीजस्ता रैथाने जनावरलाई संरक्षण गरी नमुना पार्कसमेत बनाइने सामुदायिक बनका अध्यक्ष हरि गुरुङले बताउनुभयो ।

भालुढुङ्गा पर्यटन क्षेत्र आसपासमा होमस्टे सञ्चालन गरिएको छ । त्यहाँसम्म जानका लागि इलाम कारागार हुँदै कालोपत्रे सडकसमेत निर्माण भइसकेको छ । इलाम बजारभन्दा नजिक रहेकाले धेरै पर्यटक सो स्थानमा जाने गरेका छन् । यस क्षेत्रलाई चिडियाखानाका रुपमा विकास गर्न स्थानीय सरकारलेसमेत सहयोग उपलब्ध गराएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।