धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी

साल्पासिलिछो गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी । यो पोखरी समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा रहेको छ । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको छ । तस्बिर ः युवराज विष्ट/रासस

कञ्चनपुरको ग्रामीण भेगमा प्रहरीको गस्ती
बेदकोट, १ जेठ (रासस) ःग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग्रामीण गस्तीलाई तीव्रता दिएको छ ।

जिल्लाका नौवटै स्थानीय तहका ग्रामीण भेगमा गस्तीमार्फत प्रहरीले पहुँच बढाइरहेको हो । प्रहरीको पहुँच नपुग्ने ग्रामीण भेगमा मातहतका युनिटले गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

“ग्रामीण भेगमा प्रहरीको पहुँच पु¥याउन गस्ती गरिरहेका छौँ, त्यहाँको वस्तुस्थिति तथा सूचना सङ्कलन गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “यसले आपराधिक क्रियाकलाप पनि न्यूनीकरण हुन्छ”, ग्रामीण गस्तीका लागि प्रहरीले सुरक्षा योजना बनाएको छ । सोहीअनुसार प्रत्येक दिन ग्रामीण भेगमा गस्ती हुने गरेको छ ।

कतै हिँडेर त कतै साइकल, मोटरसाइल तथा भ्यानमा प्रहरी गस्तीमा जाने गरेका छन् । कञ्चनपुरमा प्रहरी निरीक्षकको नेतृत्व रहने छवटा इलाका प्रहरी कार्यालय रहेका छन् । सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तर ग्रामीण क्षेत्रमा गस्ती भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताउनुभयो ।

“ग्रामीण भेगमा गस्तीका लागि छुट्टै सुरक्षा योजना बनाएका छौँ, सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रलाई प्राथमिकता दिएकाछौँ”, उहाँले भन्नुभयो, “गाउँगाउँमा पुगेर स्थानीयसँग साक्षात्कार गर्दै गुनासो, पिर मर्का सुन्ने गरिएको छ”, गस्तीका क्रममा ग्रामीण भेगमा जनचेतना जगाउनुका साथै सडकमा चल्ने सवारी साधन जाँच गर्ने गरिन्छ । इलाका प्रहरी कार्यालय झलारी मातहत सात वटा युनिट छन् । शनिबार, सोमबार र बिहीबार गरेर साताको तीन दिन ग्रामीण गस्तीमा प्रहरी जाने गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारी, अस्थायी प्रहरी पोष्ट बन्साह र प्रहरी बिट कलुवापुरबाट संयुक्तरुपमा करिब १२ जनाको टोली ग्रामीण गस्तीका लागि जाने गरेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

“प्रत्येक दिनपिच्छे फरक फरक रुटमा हामी गस्ती निस्किन्छौँ”, उहाँले भन्नुभयो, “मातहतका युनिटसँग समन्वय गरेर संयुक्त गस्ती हुन्छ, शनिबार सातदेखि १२ जनासम्म प्रहरी सम्मिलित भएर परिचालन हुने गरेका छौँ ।” उहाँका अनुसार सोमबार इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकबार र अस्थायी प्रहरी पोष्ट गजरौला तथा बिहीबार अस्थायी प्रहरी पोष्ट वाणी र अस्थायी प्रहरी पोष्ट पहरियाबाट संयुक्त गस्ती हुने गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारी मातहतमा शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका ५ र ४ को केही भाग पर्छ । प्रहरीको पहुँच नरहेको ग्रामीण भेगमा गस्तीमार्फत पहुँच बढेपछि आपराधिक क्रियाकलापमा कमी आउने विश्वास लिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।