सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी

इनरुवा, ९ जेठ (रासस) : सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिनुभयो । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटरब्याजी पीडितले उजुरी दिएका उहाँको भनाइ थियो ।

प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध सम्भबभएसम्म आ–आफ्ना बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकामा समयसीमाभित्र दुई सय ४९ जनाको उजुरी दर्ता भएको आएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ बिरुद्ध उजुरी परेकामा दुईजना प्रतिनिधि पनि रहेका छन् । इनरुवा ६ का वडाध्यक्ष सुमन थापा र कोसी–१ का वडाध्यक्ष सोभितनारायण यादवविरुद्व उजुरी आएको प्रजिअ पाण्डेले बताउनुभयो । प्राप्त निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षबीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।