इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ जेठ (रासस) : उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराउनुभएको हो ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेका बेला एमालेका सांसदले उठेर विरोध जनाउनुभएको थियो । एमालेका प्रमुख सचेतक पदम गिरीले एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानालाई आज इलाममा आक्रमण गर्ने प्रयास भएको बताउँदै घटनाको यथार्थ विवरणका बारेमा गृहमन्त्रीले संसद्मा जानकारी नगराए भोलिदेखि संसद् चल्न नदिने बताउनुभयो । साथै उदयपुरमा पनि कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारमाथि पनि आक्रमणको प्रयास भएको उहाँको दाबी छ ।

बजेटमाथिको सामान्य छलफलका क्रममा सांसदहरुले रणनीतिक महत्वका विषयमा ध्यान दिन र पर्यटन उद्योगलाई केन्द्रिकृत गर्नु सुझाव दिनुभयो । अधिकांश सांसदहरुले सार्वजनिक खरिद ऐनलाई टेकेर निर्वाचन पूर्वाधार क्षेत्र कार्यक्रमको बजेट खर्च गरिनुपर्ने भन्दै एउटा पालिकामा एउटा स्मार्ट विद्यालयको कार्यक्रम बजेटमा राम्रो भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

आजको बैठकमा सांसदहरु रेखा यादव, मेटमणि चौधरी, सर्वेन्द्रनाथ शुक्ल, अरुणकुमार चौधरी, श्यामकुमार घिमिरे, रघुजी पन्त, सञ्जयकुमार गौतम, ईश्वरबहादुर रिजाल, रामकृष्ण यादव, अच्युत मैनाली, दुर्गा राई, राजु थापा, जुलीकुमारी महतोलगायतले विचार राख्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।