लिम्बू भाषाको पाठ्यपुस्तक वितरण

पथरी, ३१ जेठ (रासस) : लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो ।

पथरी शनिश्चरेका ती विद्यालयमा दुई शिक्षकले लिम्बू भाषा अध्यापन गराइरहेका छन् । किरात याक्थुङ चुम्लुङ इजरायल समितिले चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्म र भगीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे–४ का कक्षा १ देखि कक्षा कक्षा ५ सम्मका विद्यार्थीलाई पुस्तक वितरण गरेको हो । दुई विद्यालयमा गरी करिब तीन सय ६३ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

पाठ्यपुस्तक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, किरात याक्थुङ चुम्लुङ सङ्घीय सदस्य सन्तोस सेरेङ, याक्थुङ चुम्लुङ पथरी शनिश्चरेकी सदस्य इन्द्रमाया लिम्बूले विद्यार्थीलाई पुस्तक वितरण गर्नुभएको हो । पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोगबाट प्राप्त भएको हो ।

पाठ्यपुस्तक वितरण कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष प्रेमबहादुर पयाङ्गु लिम्बूले सरकार र स्थानीय निकायबाट भाषा संरक्षणका लागि पहल नभएको गुनासो गर्नुभयो । शिक्षकलाई सन्तुष्ट हुने गरी तलब भत्ता दिन नसकिएको र नगरस्तरबाट अनुगमन फितलो भएको एवं अध्यापनका लागि पर्याप्त बजेट नहुँदा अरुकै आशले बाँच्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख तुम्वापोले भाषा संरक्षणका लागि नगर गम्भीर रहेको भन्दै सबै भाषालाई जगेर्ना गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भाषाको संरक्षणका लागि समितिले गरेको कामको प्रशंसा गर्दै पछिल्लो अवस्थामा केन्द्रीयस्तरबाटै बजेट कटौती भएको कारणले अपेक्षा गरेबमोजिम काम हुन नसकेको बताउनुभयो ।

हाल लिम्बू भाषा अध्यापन गराउँदै आएका शिक्षकले मासिक तलबवापत रु छ हजार र भत्तावापत रु १० हजार पाउँदै आएका छन् । हाल पथरी शनिश्चरेका दुई विद्यालयले कक्षा ७ सम्म भाषा अध्यापन गराउँदै आएको छ भने आउँदो शैक्षिकसत्रमा कक्षा ८ सम्म लैजाने समितिले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।