ताप्लेजुङ पहिरो : घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

फुङ्लिङ, ४ असार (रासस) : ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सेनाको हेलिकप्टर उद्धारका लागि यहाँ पुगे पनि भारी वर्षा र मौसमका कारण निलगिरि माविको खेलमैदानमा डेढघण्टा रोकिएको थियो । मौसममा केही सुधार आएसँगै हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पहिरोले बगाएका राजकुमारलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए । “उहाँसँगै उद्धार गरिएका सुरेश राईको मृत्यु भइसकेको छ भने पहिरोले बगाएका सुरेशका बुबा केशरकुमार मृत अवस्थामा फेला परेका छन्”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ । आज बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । आइतबार सोही गाउँका ३० वषीृय गणेश तामाङको शव फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री अझै बेपत्ता छन् । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते हुनुभएको जिल्ला कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशुराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार राईको उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ ।

निरन्तर अविरल वर्षा भइरहेकाले बेपत्ताको खोजी तथा उद्धारमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।