धनकुटामा ६ महिनामा ५७ मानव अधिकार उल्लंघनका घटना
धनकुटा,१४ असार । धनकुटामा सन् २०२३ को ६ महिनाको अवधिमा मानव अधिकारका ५७ वटा घटना घटेको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको छ ।
धनकुटामा आज आयोजना गरिएको नेपाल मानब अधिकार बर्ष पूस्तक सन् २०२४ अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रममा यस्तो जनाकारी गराइएको हो ।
५७ वटा घटना मध्ये २ जनाको हत्या, झडपबाट २ जना घाइते, मोसो दलेर दुव्यावहार १ जना, बोक्सीको आरोप १ जना, कुटपिट १ जना ३ जना बालिका सहित ७ जना महिला बलात्कृत, बाल यौन दुव्यावहारमा २ जना , घरेलु हिंसा ४० जना सार्वजनिक सेवा बाट बंचित १ जना, १ जना गरि ५८ जना पिडित भएको इन्सेकका धनकुटा जिल्ला प्रतिनिधी इश्वर थापाले जानकारी दिनु भयो ।
पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रम धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, शसस्त्र प्रहरी बल नं. ६ गुल्म धनकुटाका प्रमुख डिएसपी दिपक बलामी मगर, जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर मानप्रसाद श्रेष्ठ, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल, गैरसरकारी संस्था महासंघ धनकुटा अध्यक्ष मीनप्रसाद सुवेदीले सबै पक्ष गम्भिर बनेमा मानवअधिकार संरक्षण हुने बताउनु भएको थियो ।


