धनकुटाको हिलेमा ट्राफिक सप्ताह कार्यक्रमको समुद्घाटन

धनकुटा । ट्राफिक सप्ताह कार्यक्रमको आज समुद्घाटन गरिएको छ । धनकुटा १ हिलेमा र्याली प्रर्दशन तथा कार्यक्रमको आयोजना गरि ट्राफिक सप्ताह कार्यक्रमको समुद्घाटन गरिएको हो ।

हिले तोङवाचोक देखी निस्किएको र्यालीले बजारको विभिन्न भागको परिक्रमा गरि हिले माविमा पुगी सभामा परिणत भएको थियो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख कृष्ण प्रसाद कोईरालाको अध्यक्षतामा सञ्चालित सभामा बोल्ने वक्ताहरुले सडक दूर्घटना न्यूनिकरण गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी गौतमले सडक दूर्घटना नहुनका लागि सडक र सवारी साधनको अवस्था उपयुक्त हुनुपर्ने बताउनुभयो । त्यस्तै सवारी चालक, यात्रु तथा आम नागरिक ट्राफिक नियमको बारेमा सचेत भएर नियम पालना गरे यस्तो दूर्घटना न्यूनिकरण हुने उहाँले बताउनुभयो ।

सभामा गत वर्ष भन्दा यो वर्ष सडक दूर्घटनाबाट निधन हुनेको संख्या कम गर्न ट्राफिक प्रहरी सफल भएको पनि जानकारी गराईएको छ । जसअनुसार अघिल्लो आर्थिक वर्ष सडक दूर्घटनामा परि ज्यान गुमाउनेको संख्या १२ रहेकोमा यो वर्ष ५ जनाको निधन भएको जानकारी गराईएको छ भने सवारी कारवाहीबाट जिल्लामा करिब ८० लाख राजश्व संकलन भएको पनि सभामा जानकारी दिईएको छ ।

नेपाल प्रहरी राजमार्ग संरक्षण तथा ट्राफिक व्यवस्थापन कार्यलय ईटहरी सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरको सहयोगमा भएको कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष ओङ्दा थिङ,धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तीनाथ सुवेदी,सरकारी तथा नीजि विद्यालयहरुको तर्फबाट हिले माविका प्रधानाध्यापक खगेन्द्र आचार्य, उद्योग वाणिज्यसंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायतले मन्तव्य राखेका थिए । आजबाट कोशी प्रदेशका सबै जिल्लामा ट्राफिक सप्ताह शूरु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।