धनकुटाको पाख्रीवास ९ मा सडक दुर्घटना न्युनिकरणका लागि स्पिड ब्रेकर
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ उत्तरपानी बजार क्षेत्रमा सडक दुर्घटना न्युनिकरणका लागि स्पिड ब्रेकर राखिएको छ ।
बजार क्षेत्रको सडकमा तिब्रगतिमा सवारीसाधन चलाउन थालिएको भन्दै तिब्रगतिका कारण सडक दुर्घटना हुन नदिनका लागि ट्राफिक सचेतना मुलक स्पिड ब्रेकर राखिएको वडा अध्यक्ष सम्झना आलेले बताउनुभयो ।
बजारको विद्यालय र मुख्य बजारमा स्पिड ब्रेकर राखिएको छ । साेहि अवसरमा सडक वरिपरि वृक्षरोपण समेत गरिएको छ । सडक छेउमा कल्कि ,धुपी लगायतको बिरुवा राेपिएकाे हाे । कार्यक्रममा वडा सदस्य पहलमान घिसिङ , मदन आले ,युवा संघका युवाहरू लगायत बजारका स्थानीयवासीको उपस्थित थियोे ।


