शिक्षा विकास तथा समन्वय इकाई धनकुटाले ग¥यो कामको विवरण सार्वजनिक
धनकुटा,२० असार । शिक्षा विकास तथा समन्वय इकाई धनकुटाले आर्थिक बर्ष २०७९-०८० मा कार्यालयको समन्वय र प्रयत्नमा भएका कामको विवरण सार्वजनिक गरेको छ ।
धनकुटाका कृयाशिल संचारकर्मी र संचार माध्यमका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा गरिएको एक कार्यक्रमका बिच शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राईले आर्थिक बर्ष २०७९-०८० मा कार्यालयको समन्वय र प्रयत्नमा भएका कामको विवरण सार्वजनिक गर्नु भएको हो ।
सो अवसरमा कार्यालयको तर्फबाट संचालन गरिएका विभिन्न प्रकारका तालिम, शैक्षिक गुणस्तर अभिबृद्धि गर्न गरिएका अन्र्तकृया, छलफल ,परिक्षा अनुगम, बेरुजु फछर्यौट लागि गरिका पहल कदमीका बारेमा जानकारी गराउँनु भएको थियो साथै धनकुटाका समुदायिक विद्यालयहरुको शैक्षिक प्रगति र विद्यालयमा भएका शैक्षिक तथ्याङ्कहरुको विवरण समेत सार्वजनिक गरिएको थियो साथै आर्थिक र प्राविधक कारण बाट गर्न नसकिएका कामको विवरण समेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा पत्रकार, शिक्षा विकास निर्देशनालयका कोशी प्रदेश धनकुटाका शाखा अधिकृत सन्तोष कुमार बराल, शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाका शाखा अधिकृत देवि प्रसाद सुवेदी, प्रविधिक सहायक गोपाल भण्डारी, उमेश राई, मोहन ढुङ्गगाना लगायतको उपस्थिति रहेको थियो ।




