धनकुटामा जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित
धनकुटा । ईलाका प्रहरी कार्यालय ,पाख्रिबास धनकुटामा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक प्रेम बहादुर राउत जेठ महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
सर्बोत्कृष्ट घोषित भएका राउतले विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरि शान्ति सुरक्षाको क्षेत्रमा विशेष योगदान पुऱ्याउनुको साथै पाख्रीबास नगरपालिका भित्र भएको राजनैतिक बिवादलाई समन्वयात्मक ढंगवाट सुरक्षा ब्यवस्था मिलाई कुनै अप्रिय घटना घट्न नदिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
त्यसैगरि वहांले स्थानिय निकायसंग समन्वय गरी नगर एरियाको बिभिन्न ठाउँमा CCTV जडानको कार्य गरेको, स्थानिय निकायको सहयोग र आन्तरिक स्रोत साधनको उच्चतम् प्रयोग गर्दै कार्यालयमा प्रहरी मेष भवनको निर्माण गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय धनकुटा संचार शाखा दरबन्दी भई ईलाका प्रहरी कार्यालय पाख्रीबास धनकुटामा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक प्रेम बहादुर राउतलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८० साल जेठ “महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको हो उल्लेख छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।



