छथर जोरपाटी गाउँपालिकाले गर्यो ४ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान तथा बिदाई
धनकुटा,२० असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले ४ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान तथा बिदाई गरेको छ ।
गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरि ६० बर्ष उमेर पुरा भएका छथर जोरपाटी गाउँपालिका भित्र कार्यरत इन्द्र कुमारी सुवेदी, मुनादेवि थापा, भीमकुमारी भूजेल र डम्बर कुमारी विक लाई नगद २५ हजार सहित सम्मान गरिएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी निवर्तमान भूमी व्यावस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई र कार्यक्रमका अध्यक्ष एवम् छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले दोसल्ला ओडाइ सम्मान पत्रद्धरारा सम्मान गर्नु भएको थियो ।
कार्यक्रम गाउँपाउपालिका उपाध्यक्ष गिता खेवा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधी सहित गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जीमि सहित स्वाथ्य शाखाका कर्मचारी र पालिकाका अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।




