सहिदभूमिका कृषकलाई मिनिटिलर वितरण
धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले कृषकलाई मिनिटिलर वितरण गरेको छ ।
गाउँपालिका भित्रका विभिन्न कृषि समुह, कृषि फर्म र कृषि सहकारीमा आवद्व कृषकलाई १३ थान मिनिटिलर वितरण गरेको कृषि शाखा प्रमुख दिनेन्द्र राइले जानकारी दिनुभयो ।
पालिकाको कृषि यान्त्रिकीकरण तर्फ ५० प्रतिशत अनुदान कार्यक्रम मार्फत ९ लाख ७५ हजारको मिनिटिलर वितरण गरिएको उहाँले बताउनुभयो ।
कृषि पेषालाई सहज र व्यवस्थित बनाउदै प्रविधिमैत्री बनाएर यान्त्रिकरण सहितको व्यवसायिकता संग जोड्न मिनिटिलर लगायतका सामाग्री कृषकलाई वितरण गर्दै आईरहेको गाउपालिकाले जनाएको छ ।


