बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण

ताप्लेजुङ :असारको पहिलो सातामा गएको बाढी र पहिराबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामको पहलमा सङ्कलित राहत सामग्री शनिबार वितरण भएको हो । प्रभावितप्रति परिवारलाई २५ किलोका दरले चामलसहित नुन, तेल, चिनी, चिया र साबुन वितरण गरिएको छ । पहिरोबाट प्रभावित बनेका मैवाखोलाको ओदक, ताम्राङ, साँघु र ढुङ्गेसाँघुका स्थानीयवासीलाई उक्त क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरिएको वितरण टोलीमा सहभागी किपा शेर्पाले जानकारी दिनुभयो ।

राहत वितरणका लागि प्रदेशसभा सदस्य हाङ्गामसहित पार्टी सभापति गजेन्द्र तुम्याहाङ, पार्टी सचिव डम्बर हाङ्गामसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो । यता बाढीपहिराबाट प्रभावित सिदिङ्वा गाउँपालिकास्थित मेहेले र मेरिङ्देनको दोभानका घर परिवारलाई राहत वितरणको तयारी भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।