कर शिक्षा तथा बैकिङ नीतिको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीका लागि धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको कर शिक्षा तथा बैकिङ नीतिको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कर दाता सेवा कार्यालय धनकुटाका प्रमुख भक्त राज निरौलाले कर नीति र कर प्रमाणीको वारेमा,बैकिङ्ग नीति लगानी र असुलीकोबारेमा सरकारी बैंकहरुको तर्फबाट राष्टिय बाणिज्य बैंक धनकुटाका साहायक प्रवन्धक चन्द्रकला वस्नेत,प्राईवेट बैंकहरुको तर्फबाट सिदार्थ बैंक धनकुटा शाखका प्रवन्धक सुरेश कार्की र लघु वित्तीय संस्थाहरुको तर्फबाट जिवन विकास लघु वित्तिय संस्थाका प्रदेश प्रमुख सावित्रि देवी श्रेष्ठले सहजीकरण गरेका थिए ।
कार्यक्रमको उदेश्य प्रकाश पार्दै स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितिङ्गले राख्नुभएको थियो । कार्यक्रमको महत्वको वारेमा सचिव रामवहादुर रायमाझीले प्रकाश पार्नु भएको थियो ।


