धनकुटाको हिले बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
धनकुटा । धनकुटाको हिले बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको धनकुटा नगरपालिका-१ हिले बजारबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले २८ बर्षीय रुबिन राई र छथरजोरपाटी गाउँपालिका-२ का २० बर्षीय मिङमा शेर्पालाई ६ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


