छथर जोरपाटी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
धनकुटा,२९ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहका बिषयमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले गत आर्थिक बर्ष २०७९÷०८० मा गरेका कामको प्रगति विवरण समेत सार्वजनिक सुनुवाइमा गाउँपालिकाको तर्फ बाट प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि महिला तथा वालवालिका, पूर्वाधार विकास लगायतका क्षेत्रमा भएका उठेका गुनासो तथा सुझाव लाई सम्बन्धीत शाखा प्रमुख, बिषयगत समितीका संयोजकले जवाफ दिनु भएको थियो ।
कार्यक्रमका बोल्दै नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेसका पाटी प्रतिनिधीहरुले गाउँपालिकाले दिने सेवा प्रवाह लाई व्यावस्थीत गर्दै लैजान र नागरिकका समस्या लाई बिशेष ध्यान गाउँपालिको तर्फ बाट दिन सुझाव दिनु भएको थियो ।
गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले कतिपय कामहरु संवैधानिक व्यावस्था, जनशतिm, आर्थिक तथा प्राविधिक कारणले हुन नसकेको बताउँदै आगामी दिनमा यस्ता समस्याहरुको समाधान गर्दै लगिने बताउँनु भयो ।
कार्यक्रममा जनप्रतिनिधि ,राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, सामाजिक संघ संस्थाका प्रतिनिधी, सर्वसाधारण लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको समन्वय खवर पालिका मिडिया नेटवर्कले गरेको थियो ।


