पर्यटकीय क्षेत्रमा बृक्षारोपण
धनकुटा,३१ असार । पर्यटन प्रर्बद्धन गर्ने उद्धेश्यले निर्माण गरि रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाको बहुसांस्कृतिक पार्क, मिनिग्रेट वाल र रिचार्ज पोखरी आसपासमा रमणीय बनाउँने उद्धेश्यका साथ फलफुल र सौन्दर्य प्रदान गर्ने बृक्षारोपण अभियान थालिएको छ ।
जनप्रतिनिधी, कर्मचारी र स्थानियको श्रमदान बाट बृक्षारोपण सुरु गरिएको हो । अभियानको पहिलो दिन करिब ३ सय ५० वटा विभिन्न जातका बिरुवा रोपिएको गाउँपाकिलाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले जानकारी दिनु भयो ।
पर्यटनकीय संभावना भएकोले रमणीय स्थल बनाउँनका लागि बृक्षारोपण गरिएको र आगामी दिनमा समेत यस लाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनु भयो ।
गाउँपाकिलकाले यस स्थान लाई मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य समेत लिएर यहाँ पूर्वाधार विकास लगायतका काम समेत गरिरहेको र बिरुवाको संरक्षणमा समेत बिशेष ध्यान सहित काम गरिने गाउँपालिका अध्यक्ष सुब्बाले बताउँनु भयो ।




