भुर्तेलले दुई विकेट लिएसँगै खेलमा हाबी हुँदै नेपाल

युएईका ओपनर लवप्रीत सिंह ८२ बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा क्याच आउट भए । लेगस्पिनर कुशल भुर्तेलको बलमा उनी डीप मिडविकेटबाट सन्दीप जोराबाट क्याच आउट भए ।

युएईलाई ओपनर अर्यांश शर्मा र लवप्रीत सिंहले पहिलो विकेटका लागि १०.४ ओभरमा ३९ रनको साझेदारी गरेका थिए ।
स्पिनर कुशल मल्लको बलमा अर्यांश शर्मा १४ रनमा पवन सरार्फबाट क्याच आउट भए । पवन सराफले अंश टन्डनलाई ३ रनमा एलबीडब्लू आउट गरे । लवप्रीत र एथान डि सोल्झाले ४४ रनको साझेदारी गरेका थिए ।

लेग स्पिनर कुशल भुर्तेलको बलमा स्वीप खेल्ने धुनमा सोल्झा १८ रनमा एलबीडब्लू आउट भए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नेपालले आज आफ्ना प्रमुख दुई बलर सोमपाल कामी र ललित नारायण राजवंशीलाई विश्राम दिएको छ । सन्दीप लामिछाने र करण केसी प्रतियोगितामै छैनन् । त्यसैले नेपालले यस खेलमा आफ्नो दोस्रो रोजाईको बलर खेलाएको छ । hamrokhelkud

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।