भुर्तेलले लिए लगातार चार विकेट
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को छैटौं विकेट लिएको छ।
छैटौं विकेटका रुपमा यूएईका कप्तान अली नासर एक रन बनाउँदै पेभेलियन फर्किएका हुन्।
उनलाई कुशल भुर्तेलले आउट गराए । उनको क्याच पनि कुशल भुर्तेलले नै लिएका हुन् । कप्तान आउट हुँदा यूएईले २९.४ ओभरमा एक सय २१ रन बनाएको थियो ।ratopati


