‘साम्बा’ भन्छिन्– ‘देश र समर्थकका लागि धेरै गर्न बाँकी छ’

काठमाण्डाै – व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) लाई बिदाइ गरिएको छ ।

बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच भण्डारीलाई बिदाइ गरिएकाे हाे । उनले इजरायलकाे क्लब हापाेएल रानानाबाट युराेपेली लिग खेल्दै छिन् ।

बिदाइ कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लबमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो । उहाँले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बिदाइ कार्यक्रममा फरवार्ड सावित्रा भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको प्रतिक्रिया दिइन् । उनले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा चुनौती भए पनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् । उनले आफूलाई दक्षिण एसियामा प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन् । यो यात्रा भावी पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको भण्डारीकाे भनाइ थियाे ।

उनले भनिन्, ‘एसियाबाट युरोप लिग खेल्दैछु, मेरा लागि चुनौती छ तर म सहजै स्वीकार्न तयार छु । जसरी मैले दक्षिण एसियामा आफूलाई प्रमाणित गरेकी छु, यो मेरा लागि महत्त्वपूर्ण हुनेछ । आम नेपाली महिला समर्थक, महिला फुटबललाई हेर्ने दृष्टिकोण भोलिका दिनमा फरक बनाउने प्रयास गर्नेछु । आउने पुस्ताका लागि मैले एउटा बाटो बनाउनका लागि पहिलो चरणको ढोका खोल्दैछु । फुटबल खेलेर नै केही गर्न सकिन्छ भन्ने वातारवण बनाउनेछु । देश र समर्थकका लागि धेरै गर्न बाँकी छ, त्यो गर्ने नै छु ।’

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रस्तुत गर्ने विश्वाससहित बधाई दिनुभयो ।uyaaloonline

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।