पूर्वराष्ट्रपति भण्डारीले हेर्नुभयो ‘बगान’

काठमाडौँ, ३ साउन । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेर्नुभएको छ । मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले राम्रो लागेको प्रतिक्रिया दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “चलचित्र राम्रो बनेको रहेछ । कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ ।”

विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायत सहभागी हुनुहुन्थ्यो।

चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अभिनेता श्रेष्ठले आफू भावुक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “नारीले भोगिरहेको जीवनलाई पर्दामार्फत समाज र परिवारलाई बुझाउने प्रयाश गरिएको छ । यो परिवारका सदस्यहरू एकसाथ आएर हेर्नुपर्ने चलचित्र बनेको छ ।”

उहाँ झैँ अभिनेता केसीले पनि चलचित्रले उठाएको विषयसँगै निर्देशक खनालको तारिफ गर्नुभयो । “आफैँमा परिपक्व कलाकारले विषय छनोटमा पनि परिपक्वता देखाउनुभयो । धेरै ठाउँमा मैले आँसु नै रोक्न सकिनँ । नवअभिनेत्री कार्कीले राम्रो सम्भावना देखाउनु भएको छ”, अभिनेता केसीले भन्नुभयो ।

अभिनेता आचार्यले निर्देशकीय पाटोमा अभिनेता खनालको राम्रो सुरुआत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कलाकारिताका तीन दशक बिताइसकेर निर्देशकीय यात्रा प्रारम्भ गर्दा धेरै कुरा सोच्नु पर्छ । यद्यपि खनालजीले आफ्नो अनुभवलाई पर्दामा देखाउन सफल हुनुभएको छ । यसका केहि दृश्यले हृदयनै छुन्छ ।”

आगन्तुकबाट तारिफ पाउँदा निर्देशक खनाल उत्साहित हुनुहुन्थ्यो । “हाम्रो उद्देश्य सामाजिक विषयलाई पर्दामार्फत समाजसम्म पु¥याउने थियो । सफल भएका छौँ । यो चलचित्र निर्माण गरेर सर्जकको दायित्व निर्वाह गरेका छौँ”, उहाँले भन्नुभयो ।

निर्देशक खनालले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि चलचित्रको स्वरूप दिनुभएको हो । चलचित्रमा नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ ।

स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।