साँगुरीगढीमा भूमिहीन सुकुम्वासी तथा दलितहरुलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा प्रदान

धनकुटा,३ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिकाले पालिका भित्रका भूमिहीन सुकुम्वासी तथा दलितहरुलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा प्रदान गर्न थालेको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिती धनकुटाले गाउँपालिका भरीका ३९ घर परिवारका भूमीहिन सुकुम्वासी तथा दलितहरु लाई लालपुर्जा वितरण गर्नका लागि निस्सा प्रदान सुरु गरेको हो ।

निस्सा वितरण गरिएका मध्ये १० परिवार भूमीहिन दलित र बाँकी २९ घरपरिवार सुकुम्बासी भूमिहिन रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनु भयो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष बलबहादुर राईले निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरि जग्गा वितरण गर्न नापजाँच गर्ने कार्य अगाडि बढेको र छिट्टै लालपूर्जा वितरणको कार्य सुरु हुने बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।