धनकुटा नगरपालिकाको ध्यानाकर्षण
धनकुटा,३ साउन । धनकुटा नगरपालिकामा लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिद्वारा धनकुटा नगरपालिकाको विकासका निम्ति हाम्रा मागहरु उपर सम्बोधन र समन्वय नगरी नगर प्रमुखले जर्वजस्ती एक तिहाइ सदस्यको उपस्थितिमा नगरसभा सम्पन्न गरेको भनि सामाजिक संजाल र स्थानिय अनलाईन समाचारहरुमा प्रसारित विज्ञप्ती प्रति धनकुटा नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाका प्रवक्ता जमशेर राईले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण जनाउनु भएको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ – नेपाल सरकारबाट जारी गरिएको स्थानिय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ ले व्यावस्था गरेका योजना तर्जुमाका विभिन्न चरणहरु अवलम्बन गर्दै कोशी प्रदेश सरकारद्धरा जारी गाउँसभा र नगरसभा संचालनका लागि व्यवस्था भएको ऐन अनुसार बैठक सम्पन्न गरिएको र नगरको समग्र विकास प्रति नगरपालिका सदैब सजग र प्रतिवद्ध रहेको समेत जनाइएको छ ।



