छथर जोरपाटी गाउँपालिकामा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गरिने
धनकुटा,३ साउन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गर्ने भएको छ ।
कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगत राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गर्ने लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले जानकारी दिनु भयो ।
शिविरमा लाभग्राहीहरुलाई उपस्थितीका लागि समेत अनुरोध गरिएको छ । शिविर साउन ८ गते बाट सुरु हुने जनाइएको छ ।



