जापानमा पौडी खेल्दा खोलामा डुबेर एक नेपालीको मृत्यु

चितवन, चितवनका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु भएको छ |

जापनको यामागुची प्रिफेक्चरको इवाकुनी शहरको इमाजु नदीमा मंगलबार दिउँसो ४ः३० बजे पौडी खेल्ने क्रममा जिल्ला चितवन भरतपुर २२ का २६ वर्षीय प्रितम खरेलको डुबेर मृत्यु भएको हो |उनीसँगै मृत्यु हुनेमा अर्का बागलुङको काठेखोलाका २६ वर्षीय कृष्ण कँडेल रहेका छन् ।

चर्को गर्मीका कारण खरेल सहित चारजना मिलेर इमाजु नदीमा पौड़ी खेल्न गएका थिए । पौड़ी खेल्न क्रममा खरेल र उनका साथि कृष्ण कँडेललाई खोलाले बगाएको थियो ।

बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो ।उद्धार टोलीका अनुसार खरेललाई करिब ४ः४५ बजे र कँडेललाई साँझ ५ः४० बजेतिर करिब २ देखि २.५ मिटर गहिराइमा भेटिएको थियो । प्राप्त जानकारी अनुसार मृतकहरूको अन्तिम सस्कार जापानमा नै गर्ने तयारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।