फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा

काठमाडौँ, ४ साउन ।विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंँ स्थानमा छ ।

नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।

यसैगरी क्रोसिया छैटाैँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवाँै तथा स्पेन दशाैँ स्थानमा छन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖