१०० किलो सुन प्रकरणमा ट्रान्स ग्लोबलका सञ्चालक पुष्करराज भट्ट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ थप दुईजना पक्राउ परेका छन् । काठमाडौँको कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार श्रेष्ठको ठेगाना खुलेको छैन ।

काठमाडौँबाटै पुष्करराज भट्टलाई पनि पक्राउ गरिएको छ । भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक हुन् । राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलसँगको समन्वयमा ५ वटा टोली बनाएर अपरेशन गरिरहेको छ । सो ‘विशेष अपरेशन’को कमाण्ड राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले गरेका छन् । सशस्त्र प्रहरीका डिएसपी प्रदिप राईसहितको सशस्त्रको टिम अपरेशनमा खटिएको छ ।

असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । ‘रेडी ट्रेड’सँग ‘ट्रान्स ग्लोबल सर्भिस’को कनेक्सन देखिएको अनुसन्धानमा संलग्न एकजन अधिकृतले रातोपाटीलाई बताए ।

चिन उड्न लागेका चिनियाँ नागरिक लिङ चुवान दिउँसो अध्यागमन विभागबाट सुन ओसार पसारमा संलग्न आरोपमा पक्राउ परेका थिए । चुवानलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले रातोपाटीलाई बताए ।

चुवानले भाडामा लिएको बालुवाटार स्थित घरमा राजस्व अनुसन्धान विभागको टोलीले गएराति नै छापा मारेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । गोदाममा ३–४ वटा बक्सा फेला परेको छ । बक्सामा सुन रहेको आशंकामा सिल गरेर राखिएको छ ।

अहिलेसम्म पक्राउ पर्नेहरुको संख्या ९ जना पुगेको छ । बुधबार राति सुन ओसारपसारमा संलग्न अरोपमा ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भएका राम कुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई र भारतिय नागरिक थाप्तेन छिरिङ छन् ।

बा. २ च २३२४ नम्बरको ट्याक्सि चालक अशोक लामा पनि राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् ।-रातोपाटीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।