सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बन्ने

तेह्रथुम । धनकुटामा लामो समयपछि हरिराज खेवा स्मृति पार्क बन्ने भएको छ ।

छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने भएको हो ।

सात वर्ष अघि धनकुटामा बस दुर्घटनामा परि मृत्यु भएका खेवाको स्मृतीमा पार्क निर्माण सुरु गरिएको हो ।

दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । पार्क निमार्णको लागि गाउँपालिकाले ५ लाख रुपैया विनियोजन गरेसँगै निर्माण कार्य सुरु गरिएको हो । पार्कमा खेवाको सालिकसँगै दुर्घटनामा मृत्यृ भएका सबैको नामावली र संग्राहलय बनाउने उद्देश्य रहेको स्वर्गीय हरिराज स्मृति प्रतिष्ठानका संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ खेवाले बताउनुभयो ।

पार्क कोशी राजमार्ग नजिकै निर्माण सुरु भएको छ । स्थानीय जनसहभागीतासंगै गाउँपालिकाको सहयोगमा यो पार्क निर्माण सुरु गरिएको छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दिपक गुरुङले बताउनुभयो ।

स्वर्गीय खेवा राजनीतिक, सामाजिक क्षेत्रका साथ साहित्यकार, नाट्यकर्मी र लेखकसमेत हुनुहुन्थ्यो । उहाँको स्मृतिमा निर्माण सुरु गरिएको पार्क यहाँ आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिने भएको छ ।-स्रोत :इमेज खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।