यस्ता अपराधमा हुन्छ जन्म कैद, कति वर्ष बस्नु्पर्छ जेल ?

काठमाडौं, ६ साउन । राज्यको कानुनले गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको अवथा राज्यको कानुनले प्रतिबन्ध लगाएको काम गर्नु नै अपराध हो । राज्यको मौजुदा कानुन सबैले जानेको हुन्छ भन्ने अनुमान गरिन्छ । यस आधारमा अपराधिक क्रियाकलापपछि यो कार्य अपराध हो भन्ने मलाई थाहा थिएन भनेर कोही व्यक्तिले पनि छुटकारा पाउँदैन ।

अपराधलाई सामाजिक रोगका रुपमा पनि परिभाष्ति गर्ने गरिन्छ । यसले समाजमाको मूल्य, मान्यता, आदर्श र व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकमा खलल पुर्याएको हुन्छ । अपराध र अपराधी एक सिक्काका दुई पाटा हुन् । मानव सम्यताको इतिहासदेखि नै अपराध नभएको र अपराधी नभएको समाज थिएन । यस आधारमा पनि यो सामाजिक रोग हो ।

समाजमा आआफ्नै मनोवैज्ञानिक, नैतिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, जनसांख्यिक, भौगोलिक आदि परिवेशका आधारमा आपराधिक घटनाहरु भइरहेको हुन्छ । कतिपय अपराधहरु यस्ता हुन्छन्, अपराधमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही नगरेको खण्डमा समाजमा झनै अशान्ति बढेर जाने हुन्छ ।

राज्यले गम्भीर प्रकृतिका कसुरमा संलग्न अपराधीहरुलाई जन्म कैदको सजाय दिने गर्दछ । नेपालको सन्दर्भमा मुलुकी अपराध (संहिता) ऐन २०७४ ले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको, सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको र जवर्जस्ती करणी गरी ज्यान मारेको अवस्थामा जन्म कैदको सजाय हुने व्यवस्था गरेको छ ।

जन्म कैदको सजाय गणना गर्दा पच्चीस वर्ष कैद सजाय हुने गरी गणना गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।