सारुक आत्महत्यापछि गायब छिन् नम्रता कता गए ?
नायिका नम्रता श्रेष्ठ सार्वजनिक सम्पर्क बाहिर छिन् । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि उनी सार्जनिक कार्यक्रममा देखिन छाडेकी हुन् । ताम्राकार र श्रेष्ठ प्रेम सम्बन्धमा रहेकाे चर्चा चलेकाे थियाे । यी दुवैले फिल्म ‘ह्यासट्याग माया’ मा सँगै काम गरेका थिए ।
ताम्राकार २१ असारमा काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । श्रेष्ठ ताम्राकारकाे अत्येष्टिमा पनि देखिएकी थिइनन् ।
श्रेष्ठ र ताम्राकारले सात महिना अगाडि दोलालघाटमा गएर रातिमा पूजा गरेकाे समेत चर्चा छ । मसान पूजामा संलग्न गुरु भनिने ईश्वर अधिकारीले सात महिना अगाडि दोलालघाटमा ग्रहशान्ति पूजा गरेको स्वीकार गरेका थिए ।
अहिले नम्रताको फोन अफ छ भने फिल्मका कलाकार रोय श्रेष्ठ र गुरु भनिने अधिकारी पनि सम्पर्क बाहिर छन् ।


