धनकुटा चौबिसेका गुरुङ बेपत्ता
धनकुटा । धनकुटाका एक ब्यक्ति सम्पर्कविहीन भएका छन् ।
जिल्लाको चौबिसे गाउंपालिका वडा नं २ गुरुङ टोलका ज्ञान बहादुर गुरुङ गत असार २९ गते बेपत्ता भएका हुन् ।
बेपत्ता गुरुङको उचाई अन्दाजी ५ फिट ६ इन्च,गहुंगोरो बर्णका २२ बर्षिय गुरुङले कालो रंगको पाइन्ट,कालो भेष्ट लगाएको साथै मानसिक सन्तुलन ठिक नभएको र बायां हातमा टाटु रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले सामाजिक संजाल फेसबुकमा जनाएको छ ।
गुरुङलाई कहीं कतै कसैले देख्नु भएमा नजिकको प्रहरी कार्यालय (१००)वा निजको आफन्तको मो.न.९७६१७७३६१७ मा सम्पर्क गरिदिनु हुन पनि प्रहरीले अनुरोध गरेको छ ।

तस्बीर : जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक


