भानु नमुना माद्यमिक विद्यालयलाई जग्गा तथा कोष हस्तान्तरण

धनकुटा । धनकुटाको सांगुरीगढी गाउँपालिका डाँडाबजार स्थितको भानु नमुना माद्यमिक विद्यालयलाई जग्गा तथा कोष हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण खजुमको अध्यक्षतामा र साङगुरिगढी गाउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईको प्रमुख आतिथ्य सञ्चालित एक कार्यक्रमको वीच बिद्यालयलाइ चौबिसे समाज हङकङले जग्गाको लाल पुर्जा हस्तान्तरण गरेको हो ।

२०६८ साल बाट डाँडाबजार क्याम्पसको प्रस्तावित क्याम्पस नाम राखी कृष्ण बहादुर ब्लोन नेतृत्वमा कार्य समिति गठन गरि सयौं पटक बैठक, आर्थिक, भौतिक सँकलन गरि त्यसबाट फिजिलिटी अध्ययन तथा विभिन्न व्यक्ति संस्थाबाट आर्थिक रकम सँकलन गरि ३ रोपनी १० आना १ पोइसा १ दाम (१३ लाख ५० हजार) बराबरको जग्गाको लापूर्जा र ७ लाखको अक्षकोष हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण खजुमले जानकारी दिनुभयो ।

चौबिसे समाज हङकङले २०७३ सालमा खरिद गरि प्रसारित क्याम्पसका अध्यक्ष कृष्ण बहादुर ब्लोन र चौविसे समाज हङकङका पुर्व अध्यक्ष तथा सल्लाहकार निर प्रसाद थेगिम लिम्बूको नाममा रहेको जग्गा शुक्रबार भानु माबि डाँडाबजारको नाममा रजिस्ट्रार राजिनामा गरि दिएको उहाँको भनाई छ ।

खरिद गरिएको जग्गाबाट बाँकी रहेको रकम अक्षकोष खडा गर्ने र उक्त रकम ७५ प्रतिशत ब्याज बिधालयले आवश्यकता अनुसार प्रयोग गर्न पाउने चौविसे समाज हङकङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।