वाल पुन: स्थापना सेवा केन्द्रका वालवालिकालाई शैक्षिक तथा खाद्यान्न सामाग्री वितरण
धनकुटा । ४१ औ विपी स्मृती दिवसको अवसरमा नेपाल तरुण दल धनकुटाले वाल पुन स्थापना सेवा केन्द्र धनकुटाका वालवालिकाहरुलाई शैक्षिक तथा खाद्यान्न सामाग्री वितरण गरेको छ ।
नेपाल तरुण दल केन्द्रिय सदस्य तथा कार्यवाहक जिल्ला अध्यक्ष युवराज पराजुलीको सभापतित्व तथा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको बीच वाल पुन स्थापना सेवा केन्द्र धनकुटाका १५ जना वालवालिकाहरुलाई शैक्षिक तथा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
उनिहरुलाई वाल पुन स्थापना केन्द्रका संञ्चालक कमल कुमार लामिछनेको रोहबरमा बितरण नेपाल तरुण दल केन्द्रिय सदस्य तिलक बहादुर महतले बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाल तरुणदल जिल्ला सचिव नरेन्द्र कश्चित राईले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल महिला संघ,नेपाल विद्यार्थी संघका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती थियो ।


