बर्थ डे मनाउन हिँडेका रोहित लुटेरा समूहको गोली लागेर बाटोमै अस्ताए

विराटनगर । विराटनगरका रोहित चौधरी शुक्रवार बिहान उठेर मन्दिरमा गएका थिए । घर फर्किँदा घर परिवारका सदस्यलाई रसबरी ल्याएर खुवाएका थिए । उनी शुक्रवार २८ वर्षमा लागेको थिए । अर्थात् उनको जन्म दिन थियो ।

मन्दिरबाट आएर आमा बुबाको आशीर्वाद लिएर बर्थ डे मनाउन भन्दै मध्यान्ह १२ बजेतिर घरबाट निस्किएका थिए । उनको घर विराटनगर ५ सम्झना टोलमा पर्छ । बर्थ डे मनाउन हिँडेका रोहित घर फर्किन पाएनन् । बाटोमै उनको अज्ञात समूहले गोली हानी हत्या गर्यो । रोहितले अब २९ औं वर्षको बर्थ डे मनाउन कहिल्यै पाउने छैनन् ।

शुक्रवार सुनसरीको इटहरी–धरान सडक खण्डको सेउती पुलनजिकै लुटेरा समूहले गोली हानेर उनको हत्या गरेका थिए । उनको हत्या भएपछि टोलवासी शोकमा छन् । कसैका आँखा ओभाना छैनन् । जङ्गल क्षेत्रमा लुटपाटका लागि आएको समूहले गोली प्रहार गर्दा विराटनगरका चौधरीको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चौधरी शुक्रवार मुलघाटबाट फर्कँदै गर्दा धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै तीन जनाको समूहले लुटपाट गर्ज खोजको थियो । समूहसँग प्रतिकार गर्दा लुटेराको समूहले गोली चलाएको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।

आमा जानकीलाई भने छोराको मृत्युको खबर सुनाइएको छैन । उपचार भइरहेको भनेर ढाँटिएको छ । तर पनि आमा हिजो साँझदेखि नै बेहोस छिन् । बेला बेलामा मुर्छा खाने गरेको रोहितकी ठूला बुबाकी छोरी शान्ता चौधरीले बताइन् । रोहित र उनकी काकाकी छोरी बहिनी नोबेल मेडिकल कलेजमै जागिरे थिए ।

हत्यापछि पहिलो खबर भने काकाकी छोरीले थाहा पाएकी थिइन् । औषधि पसलको दाइले दाजुको हत्या भएछ भनेर सुनाएका थिए । उनले आँट आट गरेर घरमा सुनाइन् । थोरै मात्रै बोलेकी रोहिती बहिनीले आफ्नो नाम समेत भन्न सकिनन् ।

रोहितका बुबा चिनजानकै हुन् । तीनै जनाको आँगन एउटै हो । । बुबा काठका मिस्त्री हुन् भने माइला र कान्छा काका घरमा मार्बल लगाउने गर्छन् । रोहितका तीन जना दाजुभाइ छन्। उनी जेठा हुन् । भाइ माइला पनि निजी क्षेत्रमा नै काम गर्छन् भने कान्छा भने पढिरहेका छन् । हजुरबुबा राम बहादुर चौधरी १७ वर्षदेखि ओछ्यानमा छन् । उनलाई प्यारालाइसिस भएको छ । रोहित आइहाल्छ कि भनेर बाटोतिर मात्रै हेरेर हजुरआमा बस्ने गरेको शान्ताले बताइन् । उनको शव आज नै पोष्टमाटम गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

चौधरी बर्थ डे मनाउन एक जना युवती लिएर गएका थिए । ती युवती रोहितको गर्लफ्रेण्ड हुन सक्ने आफन्तको अनुमान छ । ती युवती भने सामान्य घाइते भएकी छिन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनी खतरा मुक्त रहेकी छिन् । लुटपाटको प्रतिकार गर्दा उनीमाथि लुटेरा समूहले गोली प्रहार गरेको देखिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राईले बताए । लुटपाटपछि हत्यामा संलग्नको खोजी भइरहेको डीएसपी राईको भनाइ छ । लुटेरा समूहको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

मृत चौधरी विराटनगरको नोबेल मेडिकल कलेजमा आइटी अफिसरमा २०७५ सालदेखि कार्यरत थिए । मुलघाटबाट फर्कने क्रममा सेउती पुल कटेपछि बाइक रोकेर पानी खान खोज्दा पानमारा तिरबाट आउने बाटोमा लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ । मोटरसाइकल रोकेर उनीहरू पानी खान भन्दै पानमारा जाने बाटोमा गएका थिए । उनीहरूको परिवार सामान्य परिवार हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।