धनकुटामा यसरी मनाइयो विपी स्मृति दिवस
धनकुटा । धनकुटामा विभिन्न कर्यक्रम गर्दै ४१ औ विपी स्मृति विदस मिनाईएको छ । दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटाले पुष्प तथा बृक्षारोपण गरेको छ भने नेपाल विद्यार्थी संघले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाली कांग्रेस धनकुटाले ओयाजना गरेको पुष्प तथा बृक्षारोपण कार्यक्रमममा पार्टी कार्यालय, सहिद भीम नारायण स्मृती भवन परिषरमा विभिन्न जातका फुल तथा विरुवाहरु रोपण गरिएको छ ।
वृक्ष रोपण कार्यक्रममा जिल्ला सभापती दिनेश राई,जिल्ला सचिवहरु विजय सन्तोषी राई,विकास घिमिरे, नेपाल त रुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य युवराज पराजुली,उपाध्यक्ष चिरिञ्जीवी थापा,सदस्य भरत श्रेष्ठ,नेपाल शिक्षक संघ धनकुटका सचिव रोहीणी पाण्डे,कार्यपालिका सदस्यहरु दिल कुममार राई भोगेन्द्र राई लगायतको सहभागिता थियो ।
सोही अवसरमा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसले आज धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।


