मौसमविद् भन्छन् : तत्काल भारी वर्षाको सम्भावना छैन

काठमाडौं । नेपालमा तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कम्तिमा आज, भोलि र पर्सि (तीन दिन) ठूलो पानी नपर्ने महाशाखाका मौसमविद समिर श्रेष्ठले जानकारी दिए । ‘तत्काल भारी वर्षाको सम्भावना छैन, केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ,’ उनले भने ।

केही दिनयता पहाडी क्षेत्रमा वर्षा भए पनि त्यसको तुलनामा तराईमा कम पानी परिरहेको छ । यस्तो अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान छ ।

पानी पार्ने मनसुनी रेखा मध्य भारतमा अवस्थित भएकाले केही दिनयता कम पानी परिरहेको छ । मौसमविद श्रेष्ठले मनसुनी रेखा तत्काल नेपालतर्फ सर्ने सम्भावना नदेखिएकाले कम पानी परिरहेको बताए ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुनी रेखा भारतमा हुनु भनेको नेपालमा मनसुनी वर्षा रोकिनु हो । स्थानीय प्रणालीका कारण केही क्षेत्रमा वर्षा हुने भए पनि तराई मधेशका अधिकांश स्थानमा सुख्खा हुन्छ । अहिले मनसुनी रेखा नेपालबाट सुदूर दक्षिणमा रहेकाले तराई क्षेत्रमा पानी पर्न रोकिएको छ ।

त्यसो त यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश स्थानसरदरभन्दा कम पानी पर्ने र गर्मी बढ्ने प्रक्षेपण मौसमविदहरुले गरेका थिए । अहिलेसम्म पूर्वानुमान अनुसार नै वर्षा भइरहेको मौसमविद् श्रेष्ठले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।