धनकुटा १ हिले स्थित धार्मिक स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण

धनकुटा । ४५ औ पुष्पलाल स्मृति दिवसको अवसरमा धनकुटा १ हिले स्थितको धार्मिक स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ ।

नेपाल खेलकुद महासंघ धनकुटाको आयोजनामा ६ सय ५० बोट विरुवा रोपिएको हो । धुपी,सल्ला,नेवारा,तेजपत्ता लगायतका विरुवा रोपण गरिएको नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य भोगेन्द्र थापाले बताउनुभयो ।

वृक्षरोपण कार्यमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रमणी पराजुली, जिल्ला सचिव तथा प्रदेश सांसद निरन राई सहित युवासंघ,विभिन्न जनसंगठनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

जिल्लाका विभिन्न पालिकाहरुमा पनि पार्टीका पालिका कमिटीहरुले वृक्ष रोपण तथा स्मृती सभा गरि पुष्पलाल स्मृती दिवस मनाईएको जिल्ला अध्यक्ष पराजुलीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।