टाइगर–३ मा कट्रिनाले लिइन् सबैभन्दा महंगो पारिश्रमिक

मुम्बइ। कट्रिना कैफको अन्तिम ब्लकबस्टर फिल्म टाइगर जिन्दा हे २०१७ मा आएको थियो। तर, त्यसपछि उनको करियरले गति लियो।

गत २०२१ मा अक्षय कुमारसँग कट्रिनालाई रुचाईएको थियो तर उनका अघिल्ला पाँचमध्ये चार फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन्। यति हुँदाहुँदै पनि टाइगर ३ मा क्याट्रिनाको पारिश्रमिक देखेर तपाई छक्क पर्नुहुनेछ।

यो फिल्मबाट कटरिना पुरै विश्वस्त पनि छिन्। उनले ४० वर्षको उमेर पार गरिसकेकी छिन् र उनको करियरको अधिकांश हिस्सा खान जस्ता स्टारहरु वा ठूला स्टारका फिल्महरूमा काम गरेकी छिन्। जबकि बलिउडका ठूला स्टारहरू नयाँ र कम उमेरका नायिकाहरुसँग काम गर्ने गरेको रेकर्ड छ। तर, पनि ४० पुग्दा पनि उनी स्टारहरुसँगै नै काम गरिरहेकी छिन्।

दिपावालीमा रिलिज हुन लागेको टाइगर ३ को दर्शकले प्रतिक्षा गरिरहेका छन्। फिल्ममा सलमान खान छन् र उनका यस अघिका धेरै फिल्म फ्लप थिए, अब उनको आशा पनि यही फिल्ममा टिकेको छ। निर्देशक मनीष शर्माको फिल्ममा कट्रिनाले पाकिस्तानी एजेन्ट जोयाको भूमिका निभाएकी थिइन। टाइगर सिरिजको यो तेस्रो फिल्म हो।

स्टार पावर र टाइगर फ्रेन्चाइजका अघिल्ला दुई किस्ताको शानदार सफलताका कारण फिल्म व्यापारले पनि यसलाई आशावादी आँखाले हेरिरहेको छ। स्टारका लागि पछिल्लो तीन वर्ष राम्रो रहेन। यस्तो अवस्थामा तमार स्टारहरुले कम फिमा पनि फिल्ममा काम गर्नुपर्ने माग उठेको छ।

कट्रिना कैफले यहाँ कम काम गरे पनि टाइगर ३ ले एक्सन प्याक भूमिकामा छाप छोड्ने विज्ञहरुको विश्वास छ। फिल्मलाई यशराज फिल्म्सले निर्माण गरेको हो। कट्रिनाको पारिश्रमिकको आधिकारिक जानकारी नदिईए पनि आईएमडीबीको रिपोर्ट अनुसार उनले टाइगरका प्रत्येक परियोजनावाट १५ करोड देखि २१ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको जनाईएको छ।

त्यसैले टाइगर ३ को लागि उनले आफुले तोकेको शुल्क नै लिएको विज्ञहरु बताउँछन्। उनले सबैभन्दा महंगो पारिश्रमिक लिएको मिडिया रिर्पोटमा उल्लेख छ। टाइगर ३ नोभेम्बर १० मा दीपावलीको अवसरमा हलमा रिलिज हुँदैछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।