७ दिनसम्म रोएर विश्व कीर्तिमान !

दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् ।

हालै एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा लगातार सात दिनसम्म रोएका छन् । जसका कारण उनले आँखाको गम्भीर समस्या भोग्नुपर्‍यो । तर, विडम्बना उनको नाम गिनिज बुकमा लेखिएन ।

नाइजेरियाली युवक टेम्बू एबेरेले सबैभन्दा लामो समयसमम आँसु बगाएर रुने विश्व कीर्तिमान बनाउने कोसिस गरिरहेका थिए । यसका लागि उनले पूरै एक हप्तासम्म रुनै कोसिस गरे र पूरै सात दिनसम्म रोइरहे । तर त्यसको नतिजा सुखद निस्किएन । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने जस्तो भए ।

स्थानीय मिडियासँगको कुराकानीमा उनले भनेका छन् – मैले आँसु बगाउने काम रोक्नुपयो किनकि यसत्रममा मैले गम्भीर स्वास्थ्य समस्याहरुसँग जुध्नुपर्‍यो । म ४५ मिनेटका लागि आंशिक रुपमा दृष्टिबिहीनसमेत बनें । सुन्निएको आँखाको भाग अहिलेसम्म ओर्लिएको छैन ।

तर उनको नाम गिनिज वर्ल्ड रेकर्डको किताबमा दर्ता भएन किनकि उनले यसका लागि आवेदन नै नगरेको पाइएको छ ।

रेकर्ड कायम गर्नका लागि टेम्बु टाइमर लगााएर कुर्सीमा बसेका थिए । त्यसक्रममा उनले टिकटकमा लाइभ गरेका थिए । उनको त्यो भिडियोमा ५० लाखभन्दा धेरै भ्यूज प्राप्त भएका छन् र उनका हजारौं नयाँ फलोअर्स जोडिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।