जालपादेवी मावि तथा क्याम्पस वरिपरि सुर्तिजन्य वस्तु तथा मादक पदार्थ विक्री वितरण गर्न नपाइने

धनकुटा । धनकुटा पाख्रिबास नगरपालिकाको केन्द्र तथा नमुना माध्यमिक बिद्यालय जालपादेवी मावि,जालपादेवी क्याम्पस तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद वरिपरि अब कुनै पनि किसिमका सुर्तिजन्य वस्तु तथा मादक पदार्थ विक्री वितरण गर्न नपाइने भएको छ ।

नपा ४ को वडा कार्यालयले आज सुचना जारी गर्दै जालपादेवी माध्यमिक विद्यालय, जालपादेवी क्याम्पस तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद को वरिपरि १०० मिटर क्षेत्रभित्र कुनैपनि किसिमका सुर्तिजन्य वस्तु तथा मादक पदार्थ विक्री वितरण नगरिदिनुहुन सम्बन्धित स्थानका व्यापारीलाई अनुरोध गरेको छ ।

यदि यो सूचनाको अवज्ञा गरी सुर्तिजन्य वस्तु तथा मादक पदार्थ विक्रि वितरण गरिएको पाईएमा कानुन बमोजिम दण्ड जरिवाना गराइने पनि सुचनामा उल्लेख छ ।

हेर्नुहोस् सुचना –

लागुपदार्थ दुर्व्यसन हटाएर सभ्य समाज निर्माणमा लागौं भन्ने ४ नं. वडा कार्यालय पाख्रीबासको अत्यन्त जरुरी सूचना

यस पाख्रीबास नगरपालिका वडा नं ४ लाई व्यवस्थित र सुरक्षित बनाउनको लागि शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको साथै आजका बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको उज्ज्वल भविष्यको लागि राम्रो वातावरणमा पठनपाठन गराउने जिम्मा सम्पूर्ण अभिभावक, विद्यालय परिवार तथा सम्बन्धित वडा कार्यालयको समेत हुने भएकाले यस वडाको एकमात्र सामुदायिक विद्यालय श्री जालपादेवी माध्यमिक विद्यालय, जालपादेवी क्याम्पस तथा सिटिइभिटी वरपर १०० मिटर क्षेत्रभित्र कुनैपनि किसिमका सुर्तिजन्य वस्तु तथा मादक पदार्थ विक्री वितरण नगरिदिनुहुन सम्बन्धित स्थानका व्यापारी महानुभावहरुलाई अनुरोध गरिन्छ । यदि यो सूचनाको अवज्ञा गरी सुर्तिजन्य वस्तु तथा मादक पदार्थ विक्रि वितरण गरिएको पाईएमा कानुन बमोजिम दण्ड जरिवाना गराइनेछ साथै पाख्रीबास नगरपालिका वडा नं. ४ भित्र दिनानुदिन लागुपदार्थ दुर्व्यसनमा किशोर किशोरीहरु फस्दै गएको भन्ने कुरा बाहिर आईरहेकाले सम्पूर्ण बुद्धिजिवी वर्ग शिक्षक, अभिभावक, नेपाल प्रहरी, स्वास्थ्य कर्मी, औषधी व्यवसायीहरु, विभिन्न संघसंस्थाहरुले यसलाई रोकथाम गरेर आधुनिक सभ्य समाज निर्माणमा पहल गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं ।

सन्तोष मानन्धर
वडा अध्यक्ष

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।