सहकारीले अनुदानको भन्दै भाडाको भैंसी बांडेपछि…

जनकपुरधाम । भाडामा भैंसी ल्याएर अनुदानको भन्दै किसानलाई वितरण गरेका सहकारीलाई कानून बमोजिम कारबाही गर्ने र भुक्तानी रोक्ने निर्णय औरही गाउँपालिकाले गरेको छ ।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले वडा नम्बर ४ स्थित खजनपुर सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेको बताए । उनले भने, ‘आइतबार बसेको कार्यपालिका बैठकले भैंसी वितरणमा अनियमितता गरेकाले उक्त सहकारीलाई भुक्तानी नदिने र ब्लाक लिस्टमा राख्ने निर्णय गरेका छौं ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाई/भैंसी साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि उक्त सहकारीलाई गाउँपालिकाले छनोट गरेको थियो ।

उक्त कार्यक्रमका लागि २५ लाख बजेट थियो । जसमा १५ लाख भैंसी वितरण र १० लाख औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका लागि छुट्याइएको थियो ।

वितरण गर्ने भैंसी उन्नत जातको १ लाख ५० हजार बराबरको हुनुपर्ने र कुल रकमको ५० प्रतिशत किसानले व्यहोर्ने सम्झौता गाउँपालिका र सहकारीबीच भएको थियो ।

तर कार्यक्रम गर्दा उन्नत जातको २० थान भैंसी वितरण गर्नुपर्नेमा व्यापारीबाट ३ हजारका दरले भाडामा ल्याएको १७ थान लोकल भैंसी मात्र १७ किसानलाई बाँडेर उक्त सहकारीले गाउँपालिकाबाट भुक्तानी लिन खोजेको थियो । भाडाको भैंसी किसानलाई बाँडेको र पुनः फिर्ता लिएको आरोप लागेपछि गाउँपालिकाले छानविन समिति समेत बनाएको थियो ।

छानविन समितिले समेत सहकारीले भाडाको लोकल भैंसी किसानलाई वितरण गरेको र किसानबाट पुनः फिर्ता लिई अनुदानको दुरुपयोग गर्न खोजेको ठहर गर्दै कानून बमोजिम कारबाही र भुक्तानी नगर्न सुझाव दिएको आधारमा कार्यपालिका बैठकले निर्णय लिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।- नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।