छथर जोरपाटी गाउँपालिकामा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सुरु
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सुरु गरेको छ ।
कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गर्ने कार्यक्रम अन्र्तगत सोमबार वडा न ६ को मझुवा बाट शिविर सुरु गरेको हो ।
शिविरमा सामाजिक सामाजिक सुरक्षा भतmा प्राप्त गर्नेहरुको परिचयपत्र नविकरण गरिएको छथर जोरपाटी गाउँपालिका ६ का वडा अध्यक्ष दिपक गुरुङ्गले जानकारी दिनु भयो ।
नागरिकहरुले स्थानिय सरकार बाट सहज रुपले सेवाको पाउनु पर्छ भन्ने अपेक्षा राखेकोले सबै वडाका टोलहरुमा समेत शिविर संचालन गरि सेवा उपलब्ध गराउन स्थानिय सरकार लागि परेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले बताउँनु भयो ।
छथर जोरपाटी गाउँपालिकामा समाजिक सुरक्षा भतmालिनेको संख्या १ हजार ७ सय ९८ जना रहेको जनाइएको छ ।


