कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै

भरतपुर, ९ साउन (रासस):माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो ।

सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । उहाँले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताउनुभयो ।

हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ । “सङ्घीय र प्रदेश सरकारबाट बजेट नपरेपछि आन्तरिक स्रोतबाटै सडक मर्मतको काम सुरु गरेका हौँ, नगरप्रमुख महतोले भन्नुभयो, “सडक मर्मतपश्चात नागरिकलाई केही सहजता हुनेछ ।”

एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको प्रमुख उहाँले बताउनुभयो । यो सडकखण्डको स्तरोन्नति र कालोपत्रका लागि प्रत्येकपटक चुनावी नारा बन्छ । तर यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन ।

यहाँ सडक कालोपत्रका लागि चितवन राष्ट्रिय निकुञ्जले बातावरणीय प्रभाव मूल्याङ्कन लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताउनुभयो । सडक निर्माणका लागि पटक–पटक सङ्घीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदाहोर गर्ने गर्छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।