मध्यरातमा खाजा घरभित्र मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक

बागलुङ, साउन ९ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा भेटिएका छन्।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बडिगाड गाउँपालिका वडा नं. ६ को आशा होटल एण्ड खाजा घरमा पौडेल मृत भेटिएको पुष्टि गरे । गएराति करिब १ बजेको समयमा घटना भएको र राति २ बजे प्रहरी घटनास्थलमा आइपुगेको घटनास्थलबाट इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।

अहिले घटनास्थल प्रहरीले सिल गरेको छ भने होटल सञ्चालक आशा कुँवर र उनको छोरालाई नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय बागलुङको टोली पुगेपछि अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठेदेखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।