‘मानिसहरूले मबाट के खोजिरहेका छन्, थाहा छैन’ – श्रृङ्खला

काठमाडौँ । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले आफ्नो व्यक्तिगत जीवन खोतल्न धेरै मानिस पछि लागेको आरोप लगाएकी छन् । आफूले कसैको केही नबिगारे पनि आफ्नो पछि मानिसहरू लागेको उनको भनाइ रहेको छ ।

‘मैले कसैको केही बिगारेको छैन । मेरो पछि कति परेका हुन्’, उनले भनिन् ‘जति नै पछि परे पनि उनीहरूलाई दिने मसँग उत्तर छैन ।’

सञ्जय सिल्वाल गुप्तासँग पटकाष्टमा कुरा गर्दै खतिवडाले मानिसहरू आफ्नो जति नै पछि लागे पनि व्यक्तिगत जीवन भने नखोल्ने स्पष्ट पारेकी छन् ।

‘म पब्लिक पर्सन हो, थाहा छ’, उनले अगाडि भनेकी छन् ‘म मिस नेपाल हुँदा मेरो जीवनको व्यक्तिगत कुरा खोतल्छु भनेर कतै साइन गरेकी छैन ।’

‘मानिहरुले मेरो रियाक्सन खोजेको हो कि । डेढबर्ष भइसक्यो कति चिढाउने काम गरिरहेका हुन्’, उनले अगाडि भनिन् ‘तर म रियाक्सन दिन्न ।’

‘मानिसहरूले आफूबाट के खोजिरहेका थाहा छैन । त्यसको उत्तर मसँग पनि छैन, दिँदा पनि दिन्न’ उनी थप्छिन् ।

उनले आफ्नो पछि लाग्नेलाई जति उत्तर दिएपनि नपुग्ने धारणा समेत राखेकी छन् । भन्छिन्, ‘त्यो उहाँहरुको मेन्टालिटीको प्रोवलम हो । मेरो होइन ।’

खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडिया समेत राम्रो स्थान पाउने गरेको छ ।

केही समय अगाडि श्रृङ्खलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला छ । उनी सिरोहियाको एक पारिवारिक समारोहमा समेत सहभागी भएकी थिइन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।