बैठक शक्ति प्रदर्शन गर्ने थलो बन्यो, सबै महामन्त्रीविरुद्ध खनिए: चन्द्र भण्डारी

काठमाडौं । कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शनको गर्ने थलो बनेको टिप्पणी गरेका छन् ।

बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले सबै नेताहरु दुई युवा महामन्त्रीमाथि खनिएकोप्रति आलोचना गरे ।

उनले भने, ‘मैले सोचेको थिएँ, कांग्रेसको केन्द्रीय समितिको बैठकले धेरै मुद्दाहरु उठाउनेछ । तर, कांग्रेस केन्द्रीय समितिको मिटिङ कस्तो भयो ? केन्द्रीय समितिको बैठकमा एकले अर्कालाई गाली गर्ने, खुइल्याउने ? राष्ट्रिय एजेण्डाहरुलाई नछुने ? यसको कारणले कांग्रेस बलियो भएको छ कि कमजोर भएको छ ? अहिलेको हाम्रो चुनौती यही हो।’

उनले नेपालका कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्नु राजासँग लड्नुभन्दा कठिन हो भन्ने कुरा कांग्रेसले बुझ्नुपर्ने बताए । अहिले कांग्रेसको व्यवहार र शैलीले आफूहरुले चाहेको कुनै प्रयास सफल नहुने उनको भनाइ छ ।

महामन्त्रीले प्रस्तुत गरेको एजेण्डा राम्रो भएको उल्लेख गर्दै नेता भण्डारीले रुपान्तरण अभियानको सुझावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।