पाख्रिबासमा लागु औषध न्यूनिकरण सम्बन्धि अन्तर्क्रिया सम्पन्न,नगर प्रमुख गुरुंगको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति गठन

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा लागुऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।

नपाको संयोजन तथा इलाका प्रहरी कार्यालय पाख्रिबासको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नपा भित्र तथा विशेष गरि मुख्य बजार क्षेत्र ४ नं वडामा यस्तो दुर्व्यसनी बढ्दै गएकोले त्यसको न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा उपस्थित ब्यक्तिहरुले आ-आफ्नो धारणा राखेका थिए ।

छलफलमा नेपाल प्रहरी तथा नगर प्रहरीले आवश्यकता अनुसार शंकास्पद क्षेत्रहरुमा गस्ती गर्ने,नपाका सम्पूर्ण विद्यालय,सरकारी कार्यालय तथा स्वास्थ्य संस्थाको १०० मिटर वरिपरि सूर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने, फार्मेसी पसलहरुमा त्यस्ता शंकास्पद ब्यक्तिलाई औषधी वितरणमा रोक लगाउने लगायतको निर्णय गरेको छ ।

त्यसैगरि नपा प्रमुख ज्ञान बहादुर गुरुंगको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति पनि गठन गरिएको छ । समितिको सदस्य सचिवमा इप्रका पाख्रिबासका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक प्रेम बहादुर राउत ,नपा स्वास्थ्य शाखा प्रमुख बसन्तराज निरौला र सदस्यहरुमा सन्तोष मानन्धर,डा. अंकित शर्मा,मोहन राई,प्रकाश शाह,निर्मल रिमाल,श्याम प्रकाश राई,गणेश गुरुंग,धनमाया गुरुंग,नगर प्रहरी इन्चार्ज राम बहादुर तामांग र आमान्त्रित राजनैतिक दलका प्रतिनिधि रहेका छन् ।

आजै पाख्रिबास ४ स्थित जालपादेवी मावि तथा क्याम्पस र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको वरिपरि १०० मिटर क्षेत्रभित्रका सबै पसलहरुमा अनुगमन साथै कुनै पनि किसिमका सुर्तिजन्य वस्तु तथा मादक पदार्थ विक्री वितरण नगरिदिनुहुन व्यापारीलाई अनुरोध समेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।